१२ असार २०८३, शुक्रबार

वीरगञ्जमा टाटा योद्धा १.५ टीको भव्य क्षेत्रीय सार्वजनिक कार्यक्रम सम्पन्न

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ११ चैत । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले टाटा १.५ टिको क्षेत्रीय लन्च बीरगंजमा भव्य रूपमा सम्पन्न गरेको छ।

व्यवसायीक प्रयोजनका लागि डिजाइन गरिएको यो शक्तिशाली पिकअप अब बीरगंजका ग्राहकहरूको लागि सहज रूपमा उपलब्ध हुनेछ।

कार्यक्रममा प्रमुख अतिथी वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, तथा विशिष्ट अतिथीहरू पर्सा मदिरा व्यवसायी संघका अध्यक्ष चिनिलाल पटेल, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राज पाल र नेपाल तरकारी फलफूल व्यवसायी संघका अध्यक्ष जग्गु शाहको आतिथ्यता थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी अग्रवालले टाटा मोटर्सको विश्वव्यापी प्रतिष्ठा, सिप्रदीसँगको सशक्त साझेदारी तथा उत्कृष्ट बिक्रीपछिको सेवाहरूको प्रशंसा गरे ।

टाटा मोटर्सले सधैं नेपाललाई प्राथमिक बजारको रूपमा लिएको उल्लेख गर्दै उनले सिप्रदीले निरन्तर रूपमा गुणस्तरीय सवारीसाधन र प्रभावकारी सेवा उपलब्ध गराउँदै आएको बताए ।

टाटा योद्धा १.५ टीका प्रमुख विशेषताहरू-

  • शक्तिशाली इन्जिन : ३ लिटर (२९५६ सिसी) डीजल इन्जिन, २५० एनएम टर्क सहित।
  • भार बहन क्षमता : १५०० किलोग्राम (१.५ टन)।
  • ग्रेडिएबिलिटी : ३०५ ग्रेडिएबिलिटीले अप्ठ्यारो बाटो पनि सजिलै पार गर्न सक्ने।
  • डिजाइन : मजबुत बनावट, उच्च ग्राउन्ड क्लियरेन्स, र आरामदायी ड्राइभिङ अनुभव।
  • विकल्प : ४x२ र ४x४ ड्राइभ विकल्पमा उपलब्ध ।