
काठमाडौं, चैत । महाअभियोग लागेका दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सु पदमा पुनर्बहाली भएका छन् । संवैधानिक अदालतले उनलाई पदमा पुनर्बहाली गरेको हो ।
गत डिसेम्बरमा देशमा सैनिक शासन लागू गर्ने प्रयास गरेपछि दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई संसद्ले महाभियोग लगाएको थियो।
त्यसपछि त्यतिबेला प्रधानमन्त्री रहेका हान डक सु कार्यवाहक राष्ट्रपति बनेका थिए। तर राष्ट्रपति योलविरुद्धको महाभियोगको प्रक्रिया अदालतमा अघि बढाउन रोकेको भन्दै उनलाई पनि संसद्ले महाभियोग लगाएको थियो।
सोमबार संवैधानिक अदालतका बहुमत न्यायाधीशबाट महाभियोग प्रस्ताव अस्वीकृत भएपछि हान कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा फर्किएका हुन्।







प्रतिक्रिया