२६ जेष्ठ २०८३, मंगलबार

आईपीएलमा मुम्बईमाथि चेन्नईको सानदार जित

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इन्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले चार विकेटको जित निकालेको छ ।

आईपीएलको १८औं संस्करणको तेस्रो खेलमा चेन्नर्ईले मुम्बईलाई चार विकेटले पराजित गर्दै विजयी सुरूवात गरेको हो ।

कप्तान ऋतुराज गायकवाड र ओपनर रचिन रविन्द्रको अर्धशतकमा चेन्नईले मुम्बईलाई पराजित गरेको हो ।

मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नर्ईले ६ विकेट गुमाएर १९.१ ओभरमा पूरा गर्‍यो । ओपनर रचिन ६५ रन बनाउँदै नट आउट रहे । उनले ४५ बलमा २ चौका र ४ छक्का हाने ।

कप्तान ऋतुराज गायकवाडले २६ बलमा ६ चौका र ३ छक्का प्रहार गरी ५३ रन बनाए । रवीन्द्र जडेजा १७ रन बनाएर नट आउट रहे । चेन्नईका अन्य ब्याटर चल्न सकेनन् ।

महेन्द्रसिंह धोनीले दुई बल मात्रै खेले तर रन बनाउन सकेनन् । बलिङतर्फ मुम्बईका विग्नेश पुथुरले तीन तथा दीपक चाहर विल ज्याक्सले एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए । उनले ४१ बलमा २ चौका र २ छक्का हाने । कप्तान सूर्यकुमार यादवले २६ बलमा २ चौका र १ छक्का प्रहार गरी २९ रन बनाए ।

बलिङतर्फ चेन्नर्ईका नूर अहमदले ४, खलिल अहमदले तीन तथा नाथन इलिस र रविचन्द्रन आश्विनले एक/एक विकेट लिए ।

आईपीएलमा आज सोमबार दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन् ।