
काठमाडौं, १० चैत । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडको अगुवाईमा माछापुच्छ्रे बैंक लिमिटेडसहित दुई बैँकहरुले ९५ करोड रुपैयाँ ऋण लगानी गर्नेगरी नेपालमै पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजना ल्याउने भएका छन् ।
आज प्रवद्र्धक कम्पनी उपाय वयरहाउजिङ्ग प्रा.लि. एवं लगानीकर्ता बैँकहरुबीच वित्तीय व्यवस्थापनकालागि सहवित्तीयकरण कर्जा व्यवस्थापन भएको हो । उक्त परियोजना बाग्मती प्रदेश, काभ्रेपलान्चोक जिल्ला, बनेपा नगरपालिका, नासीकास्थान सांगामा निर्माण हुनेछ ।
परियोजनाको अनुमानित लागत करीब १ अर्ब २० करोड ७ लाखमध्ये बैंकहरुले ८५ करोड बराबरको आवधिक कर्जा (निर्माण अवधिको व्याजबाहेक) बढीमा ८०ः२० को ऋण स्वपुँजी रहनेगरी लगानी गर्नेछन् ।
यसमध्ये सिटिजन्स बैंकबाट ६० करोड (आवधिककर्जा रु. ५० करोड, बैंक ग्यारेण्टी सुविधा रु ५ करोड र क्यास क्रेडिड कर्जा ५ करोड) र माछापुच्छ्रे बैँकबाट. ३५ करोड (आवधिककर्जा) लगानी हुनेछ भने बांकी स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ ।
परियोजना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरी भण्डारण सेवा प्रदान गर्ने लक्ष्य रहेकोे जानकारी दिइएको छ ।
सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै सिटिजन्स बैँकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकाल देखि नै एकल लगानीका साथै आफ्नो अगुवाई, सह अगुवाई तथा अन्य बैंकहरुसँगको सहवित्तीयकरण कर्जा मार्फत जलविद्युत, हरित उर्जा, अस्पताल, उत्पादन तथा अन्य क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको छ ।









प्रतिक्रिया