२९ असार २०८३, सोमबार

चौतारीलाई महासचिवको निर्देशन- अहिले एकता चाहिएकाले सहमतिमै नेतृत्व चयन गर्नुहोला

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १० चैत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सहमतिबाटै नेतृत्व चयन गर्न प्रेस चौतारी नेपाललाई निर्देशन दिएका छन् ।

आज प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनको विराटनगरमा उद्घाटन गर्दै उनले अहिले एकताको खाँचो रहेको भन्दै सहमतिबाटै नेतृत्व चयन गर्न निर्देशन दिएका हुन् ।

‘महाधिवेशन आजका दिनमा जुन परिस्थितिमा हुँदै छ, अहिले हामीलाई एकता चाहिएको छ’, उनले भने, ‘हामीलाई प्रतिस्पर्धा होइन, सहमति चाहिएको छ । अहिले कांग्रेस र एमाले मिलिरहेका छन् । यो अवस्थामा सर्वसम्मत र एकताबद्ध रूपमा नेतृत्व निर्वाचित गर्नु होला ।’

सबैलाई एकताबद्व हुन आग्रह गर्दै महासचिव पोखरेलले हिजोको पीडा सम्झिना चौतारीका पत्रकारहरूलाई आग्रह गरे । संगठन छरितो र गतिशील चाहिने बताउँदै प्रेस चौतारी नेपालको आकार सानो र चुस्त हुनुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘हामीलाई एकताबद्ध संगठन चाहिएको छ । सबैलाई एकताबद्ध गर्न जरुरी छ । हिजोको विभाजनको पीडा सम्झिऊँ । चुनाव होइन सहमति गरौँ । तपाईँहरूको संगठन तपाईँले बनाउने हो । एकताबद्ध र छरितो बनाउनुस् ।’