
काठमाडौं, ९ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह पुर्ख्यौली थलो गोरखा पुगेका छन् ।
शाहवंशीय राजाहरूको कुलदेवता मानिने गोरखकाली र गोरखनाथ मन्दिरको दर्शनका लागि पूर्वराजा शाह शनिबार गोरखा पुगेका हुन् । उनले मन्दिरमा पूजाअर्चनाका लागि झण्डै दुई घण्टा समय बिताए ।
नागरिक स्वागत समाज, गोरखाका सदस्य होम सिं बस्न्यातका अनुसार, शाहले यसबीचमा कुलदेवताको पूजाका लागि दक्षिणा पठाउने गर्थे । यसपटक भने शाह आफैं गोरखा पुगेर कुलदेवताको पूजाअर्चनामा सहभागी भएका हुन् ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया