३ असार २०८३, बुधबार

कोशीविरुद्ध बागमतीको फराकिलो जित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । बागमती प्रदेशले कोशी प्रदेशलाई १३१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

प्रधानमन्त्री राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा बागमतीले कोशीलाइ फराकिलो अन्तरले पराजित गरेको हो ।

दाङको देउखुरी क्रिकेट मैदानमा बागमतीले प्रस्तुत गरेको २४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १०९ रनमा नै समेटिन विवश भएको हो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले ४९.३ ओभरमा २४० रनको योगफल तयार पारेको थियो ।

बागमतीका लागि शुभ कंसाकारले ३९, शुतोष घिरैयाले २९, इशान पाण्डे र विपिन आचार्यले समान २५, रिजन ढकालले अविजित २२, सोनु देवकोटा १८, सूर्यले १७ तथा गौतम केसी १६ रन बनाएका थिए ।

जितसँगै सात खेलमा ६ अंक जोडेको बागमती छैठौं स्थानमा उक्लिएको छ । कोशी समान खेलबाट २ अंकका साथ पुछारमा छ ।