
काठमाडौं, ९ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा शान्ति चाहिएको बताएका छन् ।
गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा अर्चनापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कसैले कसैको पनि कुभलो चिताउन नहुने बताए ।
‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । केही खराब नचिताओस् भन्ने मेरो कामना छ । कोही पनि केही गर्न डराउन पर्दैन । देशको शान्ति कायमै होस्, देशमा विकास होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ,’ उनले भने ।
धेरै वर्षपछि आफ्नो पुर्खाको थलो गोरखा आउँदा खुसी लागेको उनले बताए । शाहले भने, ‘गोरखा आएर मलाई खुसी लाग्यो आफ्नो जन्म थलो त होइन तर पुर्खाको थलो हो । सबैलाई भेट्दा पनि खुसी लागेको छ ।’








प्रतिक्रिया