७ श्रावण २०८३, बिहिबार

आइपीएल आजबाट, उद्घाटन खेलमा केकेआर र आरसीबी भिड्दै

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । इन्डियन प्रिमियर लिग (आइपीएल) आज (शनिबार)बाट सुरु हुँदैछ ।

आजबाट सुरु हुने खेलमा १० वटा टिमले प्रतिस्पर्धा गर्दैछन् भने प्रतियोगिताको उद्घाटन समारोह कोलकातास्थित इडन गार्डेनमा हुनेछ । उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) बीच पहिलो प्रतिस्पर्धा हुनेछ ।

शाहरूख खानको कोलकाताले घरेलु मैदानमा आफ्नो भारी समर्थकका बीच विराट कोहलीको टिम आरसीबीसँग प्रतिस्पर्धा गर्नेछ ।

यस प्रतियोगितामा जम्मा ७४ वटा खेल हुनेछन् । यस पटक आइपीएल भारतका २३ वटा राज्यका ५० वटा सहरमा आयोजना हुनेछ । यो संस्करणको आइपीएल १० हप्ता लामो हुनेछ ।