२० असार २०८३, शनिबार

दिनभरका TOP 15 NEWS : क्रान्तिका लागि तयार रहन रविको अपिल, वर्तमान सरकार ढाल्ने पक्षमा छैन भारत

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन आग्रह गरेका छन् ।

आज जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका लामिछानेले ठूला दुई राजनीति दल मिल्दा देश भयावह अवस्थामा पुगेको भन्दै क्रान्तिको लागि सबैलाई तयार रहन आग्रह गरेका हुन् ।

उनले भने,‘देशको भविष्य मेरो पुस्ताको, हाम्रो पुस्ताको हातमा छ । त्यसैले यो एकदमै गम्भीर हुने समय हो । दुई तिहाइको सरकार छ । यसले देशका तमाम समस्या समाधान गर्नुपर्ने हो । वाचा त्यहीअनुसार गरिएको छ । जब दुईवटा ठूला राजनीतिक दलहरु मिल्छन् भने त्यसबाट उत्पन्न हुने परिस्थिति कति भयावह हुन्छ अन्दाज गर्नुहोला भनेर संसदमै भनेको थिए । अहिले त्यही स्मरण गराउन चाहन्छु । सरकार अहिले नाङ्गिएको हुनाले सरकारको लाज छोप्दिनका लागि अदालत घुमिरहेको छु । ठाउँ ठाउँमा पुग्नुपर्नेछ । समय आउँदै छ चाँडै नै । म सबैलाई तयार हुन अनुरोध गर्न चाहन्छु । क्रान्तिको लागि तयार रहनु होला ।’

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–