
सिराहा, ८ चैत । सिराहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
महायज्ञका लागि भन्दै औरही गाउँपालिकाका ५ का दीपक मल्लिकको घर भत्काएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।
अगामी चैत १७ गतेदेखि सुरु हुने महायज्ञ स्थलमा रहेको मल्लिकको घरमा फाल्गुन १० गते डोजर लगाएर बजरंगी बाबाको सल्लाहमा गाउँपालिका अध्यक्ष यादवले भत्काएका थिए ।








प्रतिक्रिया