४ असार २०८३, बिहिबार

नयाँ रेकर्ड कायम गरेको सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । नेपाली बजारमा लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुनको भाउ हालसम्मकै उच्च १ लाख ७६ हजार रुपैयाँ कायम भएको थियो ।

बिहीबार पनि सुनको भाउ सोही मूल्यमा स्थिर कायम भएको थियो ।

यता, आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले घटेर १९ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला २ हजार ३० रुपैयाँ कायम रहेको थियो ।