१३ असार २०८३, शनिबार

एसईई परीक्षा : रौतहटमा ४ सय २४ थान मोबाइल बरामद, २ जना पक्राउ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ७ चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सामेल परीक्षार्थीले प्रयोग गरेका ४ सय २४ थान मोबाइल सेट परीक्षा अनुगमन समितिले बरामद गरेको छ ।

एसईई परीक्षाअन्तर्गत बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त जानकारी अनुसार विभिन्न परीक्षा केन्द्रमा चिट चोर्न प्रयोजनका लागि परीक्षार्थीहरुले आफ्नो शरीरमा मोबाइल लुकाई छिपाई परीक्षा हल भित्र प्रवेश गरेकोमा चेकजाँचका क्रममा फेला परेको हो ।

यसैगरी, परीक्षामा अमर्यादित क्रियाकलाप र परीक्षार्थीहरुलाई चिट चोर्नमा सहयोग गरेको अवस्थामा यमुनामाइ माध्यमिक विद्यालय झुन्खुन्वा परीक्षा केन्द्रबाट एक र लक्ष्मीनिया माध्यमिक विद्यालय मौलापुरबाट एक गरी दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दीपककुमार रायले बताए ।

उनका अनुसार झुन्खुन्वा परीक्षा केन्द्रमा परीक्षार्थीहरुबाट केही रकम लिई परीक्षा केन्द्रमा मोबाइल प्रवेश गराउने परीक्षा निरीक्षकलाई पक्राउ गरिएको हो । मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पुर्‍याउने कार्यमा संग्लन एक जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।

पक्राउ परेका दुई जनालाई परीक्षा मर्यादा भंग गर्ने कसुरमा जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।