१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री कप : पुलिसको लगातार सातौं जित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । विभागीय टोली नेपाल पुलिस क्लबले सातौं जित हासिल गरेको छ ।

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई सातौं खेलसम्म पनि कायम राखेको हो । बिहीबार एक्ट्राटेक ओभलमा पुलिसले ९३ रनको सहज जित हासिल गरेको हो ।

पुलिस क्लबले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याएको बागतमी ४५.२ ओभरमा २०४ रनमा समेटिँदा उसलाई सातौं पटक जित हासिल गर्न सहज भएको हो ।

बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे ।

यसैगरी, शुभ कसंकारले ३६, विपिन आचार्यले १०, सूर्य तामाङले १७, प्रतिस जिसीले १५, आशुतोष घिरैयाले १२, कप्तान पृथु बास्कोटाले ११ र रिजन ढकालले १० रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९७ रनको विशाल योगफल तयार पारेको थियो ।

जितसँगै शीर्ष स्थानको पुलिसले ७ खेलमा १४ अंक जोडेको छ । पराजित बागमती ६ खेलबाट सात अंकका साथ आठौं स्थानमा छ ।