२२ असार २०८३, सोमबार

च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीलाई बीसीसीआईद्वारा ५८ करोड नगद पुरस्कार घोषणा

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ७ चैत । भारतले आइसिसी च्याम्पियन्स ट्रफी विजेता टोलीलाई ५८ करोड भारतीय रूपैयाँ पुरस्कार दिने भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले ५८ करोड भारतीय रुपैयाँ पुरस्कार घोषणा गरेपछि क्रिकेट जगतमा खुसीयाली छाएको छ ।

रोहित शर्माको नेतृत्वमा भारतले अपराजित रहँदै च्याम्पियन बनेको थियो । फाइनलमा भने भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेर उपाधि जितेको थियो ।

बीसीसीआईका अध्यक्ष रोजर बिन्नीले लगातार २ वटा आइसीसी उपाधि जित्नु भारतीय क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै र खेलाडी र सहयोगी टिमको मेहनतको सम्मानमा नगर पुरस्कार प्रदान गरिने निर्णय भएको जनाए ।

भारतले सन् २०२४ मा आइसिसी ट्वान्टी–२० विश्वकप पनि जितेको थियो ।