२२ जेष्ठ २०८३, शुक्रबार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।

सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । बुधबार प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मोल प्रतितोला १५ रुपैयाँले घटेर दुई हजार ३० रुपैयाँ निर्धारण भएको छ । बुधबार सोही परिमाणको चाँदी दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।