१५ असार २०८३, सोमबार

मुक्तिनाथ विकास बैंकद्वारा कञ्चरपुरमा वैशाखी वितरण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कञ्चनपुरमा अपाङ्गता संरक्षण नेपाल संस्थासँग साझेदारीमा शारीरक अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने वैशाखी वितरण गरेको छ ।

शारीरिक अपाङ्गता भएका व्यक्तिहरुबाट आफ्ना दैनिक कार्य गर्न असहज भएकाले वैशाखी तथा सेतो छडीको आवश्यताका लागि संस्थामा निकै निवेदन आउने गरेको, र संस्थाको समन्वयमा बैंकले वैशाखी वितरण गरेको हो । यो सहयोगबाट उनीहरुको दैनिक जीवनमा राहत पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी, मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा लगायतका कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।