११ असार २०८३, बिहिबार

नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै स्पारो एसएमएस

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । एसएमएस तथा मोबाइल म्यासेज सेवा प्रदायक स्पारो एसएमएस १५औं वर्षमा प्रवेश गरेको छ । सन् २०१० मा एउटा सानो परियोजनाको सोचबाट सुरु भई आफूलाई समयअनुसार विकसित र प्रविधिमैत्री बनाउँदै स्पारो एसएमएसले आफूलाई अब्बल र भरपर्दो एसएमएस सेवा प्रदायकको रुपमा स्थापना गरेको छ।

आफ्नो विकसित र उच्च प्रविधिको एसएमएस सेवाले व्यवसाय समाज तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्न सफल स्पारो एसएमएसको सुरुवात भने चुनौतीपूर्व रहेको थियो । देशमा १८ घण्टासम्म लोडसेडिङ, उच्च गुणस्तरीय पूर्वाधारको अभाव को बाबजुद त्यसै अभावलाई अवसरमा परिणत गर्न स्पारो एसएमएसले लोडसेडिङको तालिका एसएमएसमार्फत नै जानकारी पाउने सेवा सुचारु गर्‍यो । यो सेवा निकै लोकप्रिय र उपयोगी सावित भयो । त्यसै समय आफ्नो एसएलसी (अहिले एसईई)को नतिजा हेर्न देशको राजधानी काठमाडौंमा घन्टौं पत्रपत्रिका कुर्नुपर्ने तथा दूरदराजमा आफ्नो नतिजा दुई तीन दिन पछि मात्र थाहा पाउने समस्याको समयमा एसएमएसमार्फत आफ्नो नतिजा एक एसएमएसमा नै हेर्ने सेवा सुचारु गर्‍यो यो सेवाले एसईई दिने विद्यार्थी तथा अभिभावकहरूमा स्प्यारो एसएमएस एक विश्वसनीय नाम सावित रह्यो । यो सेवा अहिले पनि एसईई दिने विद्यार्थी तथा अभिभावक माझ एकदमै लोकप्रिय छ ।

त्यस्तै, वैदेशिक रोजगारमा जानेहरूका लागि उनीहरू ठगीमा नपरुन् भनेर आफ्नो श्रम स्वीकृति एसएमएसमार्फत जाँच्ने तथा २०७२ को भूकम्प को समयमा राहत वितरण सहजीकरणमा पनि एसएमएसको प्रयोग, मानव बेचबिखन जोखिम रिपोर्टिङ सेवा दिवा खाजा रिपोर्टिङ सेवा जस्ता परियोजनाहरू सुचारु गरी समाजलाई जोड्ने र सहयोग पुर्‍याउने काममा स्पारो एसएमएस लागि परेको छ । यस साथै स्पारो एसएमएसले ७००० भन्दा बढी व्यवसायहरूलाई आफ्ना ग्राहकसँग प्रत्यक्ष जोड्नको लागि बल्क एसएमएस सेवा, एसएमएस एपीआई सेवा प्रदान गरी सस्तो र भरपर्दो माध्यमबाट व्यवसाय र ग्राहकलाई जोड्ने काम गरेको छ ।

कम्पनीले आफ्नो सेवा विस्तार गर्दै नवीन प्रविधि प्रयोग गरी आज वार्षिक २५० मिलियनभन्दा बढी एसएमएस पठाउने गर्दछ । विश्वमा बढ्दो मोबाइल प्रयोगसँगै स्पारो एसएमएसले आफ्नो सेवालाई पनि विस्तार गर्दै भाइबर बिजनेस मेसेजिङ, वाट्सएप बिजनेस मेसेजिङ, आर्टिफिसिअल इन्टेलिजेन्स जडित भोइस ब्रोडकास्टिङ र मिस्ड कल मार्केटिङ जस्ता आधुनिक सेवाहरु समेटेको छ । यी पहल र सेवाहरू मार्फत कम्पनीले व्यवसायको वृद्धिलाई मात्र होइन अन्तर्राष्ट्रिय स्तरमै सकारात्मक प्रभाव पार्न सफल भएको छ ।

जसरी प्रविधि अगाडि बढिरहेको छ व्यवसायहरूले आफ्ना ग्राहकहरुसँग पनि डिजिटल प्रणालीबाट प्रभावकारी तरिकामा सञ्चार तथा संवाद गर्न आवश्यकता पनि बढेको छ । यसरी तीव्र गतिमा विकसित भइरहेको प्रविधिमा सञ्चार केवल सन्देश पठाउने मात्र नभएर सान्दर्भिक र व्यक्तिगत अनुभव प्रधान गर्नु पनि हो भन्ने कम्पनीको बुझाइ रहेको छ।

कम्पनीको १५औं वार्षिक उत्सवको उपलक्ष्यमा कम्पनीका सीईओ मनोज थापा भन्छन्, ‘हामी स्प्यारो एसएमएसको १५औं वार्षिकोत्सव मनाइरहँदा म सम्पूर्ण ग्राहक, शुभचिन्तक, टेलिकम पार्टनर तथा कम्पनीमा खटिने कर्मचारी साथीहरूमा कृतज्ञता व्यक्त गर्न चाहन्छु । वर्षले हामी १५ लागे पनि यो हाम्रो लागि सुरुवात मात्र हो । कम्पनीको प्राथमिकता ग्राहक केन्द्रीत रहेर नविनतम प्रविधिहरूलाई प्रयोग गरी सेवा विस्तार गर्दै लैजान रहेकोले अझै गर्नु पर्ने काम धेरै रहेको र भविष्यमा पनि साथ र सहयोग रही रहोस् । हाम्रो यात्रामा सहयोगी पात्र हुनुभएकोमा धेरै धन्यवाद ।’