
काठमाडौं, ६ चैत । प्रि–ओपन सेसनमा नेप्से सूचक २.२२ अंकले बढेको छ । यससँगै सूचक २६९९.२६ विन्दुमा आएको छ ।
२ करोड ६० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ४४ कम्पनीको ३० हजार ३ सय ८० कित्ता शेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ८२ वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढ्दा २६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।








प्रतिक्रिया