
काठमाडौं, ६ चैत । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभी, नेक्सन के३ इभी र टाटा टियागो इभी नेपालगञ्जमा लन्च गरेको छ ।
नेपालगञ्जस्थित रुद्रप्रिया इन्टरनेस्नल शोरुमबाट बहुप्रतीक्षित गाडीहरु कर्भ इभी, नेक्सन के३ र टाटा टियागो इभी २०२५ लन्च भएका छन् । कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ नेपालगञ्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै सिप्रदीका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सिजापतीले भने, ‘आज टाटा इभीको नयाँ मोडलहरु नेपालगञ्जमा लन्च गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ । कर्भ इभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्वपुर्ण नेपालको बाटोघाटोलाई सुहाउने प्रिमियम गाडी भएकोले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरुको पहिलो रोजाइमा पर्नेमा हामी दुक्क छौँ । नेक्सन के३ इभी अझै ठुलो ब्याट्रीमा धेरै रेञ्जमा आएको छ । टियागो इभि २०२५ मोडेल नयाँ लुक्स, नयाँ सुविधाहरू तर पुरानै मूल्यमा आएको छ । अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छा अनुसारले रोज्न सक्नु हुनेछ ।’
त्यस्तै, रुद्रप्रिया इन्टरनेस्नलका प्रबन्ध निर्देशक माधव शर्माले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए ।
टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रीपछिको सेवाको लागि सिप्रदी तत्पर लागिरहेको र ग्राहकहरुलाई टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नंया गाडीहरु ढुक्क भएर लिन आग्रह गरे । कार्यक्रममा नयाँ ग्राहकहरुलाई गाडीको साँचो पनि हस्तान्तरण भएको थियो ।
मंगलबारबाट नेपालगञ्जका ग्राहकहरुले रुद्रप्रिया इन्टरनेस्नलको शोरुममा गएर लन्च भएको गाडीहरु कर्भ इभी, नेक्सन के३ र टाटा टियागो इभिको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।








प्रतिक्रिया