१६ असार २०८३, मंगलबार

इजरायलले फेरि थाल्यो गाजामा हमला, ३४ जनाको मृत्यु, ७० घाइते

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । इजरायलले गाजा क्षेत्रमा फेरि हमला सुरु गरेको छ । यस हमलामा ३४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।

इजरायली सेनाले विज्ञप्ति जारी गर्दै हमासको क्याम्पलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ । रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीको उद्धृत गर्दै मध्य गाजाको देर अल बलाह क्षेत्रका तीन घरलाई इजरायली सेनाले निशाना बनाएको बताएको छ ।

यसैगरी, खान युनिस र सफाहका भवनहरूमा पनि आक्रमण भएको छ ।

गाजाको सिभिल डिफेन्स एजेन्सीले ३४ प्यालेस्टिनीको मृत्यु र ७० जनाभन्दा बढीको घाइते हुने जानकारी दिएको छ।

गाजामा सन् २०२५ को १९ जनवरीमा युद्धविराम लागू गरिएको थियो । पहिलो चरणको युद्धविराम १ मार्चमा समाप्त भएको थियो, र दोस्रो चरणको युद्धविरामको प्रयास भइरहेको समयमा इजरायलले हमास लक्षित आक्रमण गरेको हो ।

बीबीसीका अनुसार, यो आक्रमणलाई युद्धविराम तोड्ने सबैभन्दा ठूलो हमला भनिएको छ ।

इजरायलका प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इसराइल काट्जको निर्देशनमा मंगलबार बिहान गाजा क्षेत्रमा आक्रमण गरिएको हो ।

विज्ञप्तिमा यो पनि उल्लेख गरिएको छ कि, ‘हमासले बन्दी रिहाइ गर्न इन्कार गरेकाले र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट काफ र अन्य मध्यस्थकर्ताहरूले राखेका प्रस्तावहरू नमानेकाले आक्रमण गरिएको हो ।’