
काठमाडौं, ४ चैत । आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नरेन भट्टको कप्तानीमा टोली घोषणा गरिएको हो ।
टोलीको उपकप्तानी भने अभिषेक तिवारीले पाएका छन्। १८ सदस्यीय टोलीमा नरेन भट्ट (कप्तान), साहिल पटेल, दर्श सोनार, अशोक धामी, अभिषेक तिवारी (उपकप्तान), सिविन श्रेष्ठ, दिलसाद अलि, दयानन्द मण्डल, अरविन्द घर्ती, युवराज खत्री, विपिनकुमार शर्मा, नितेश पटेल, नीरजकुमार यादव, रोशनकुमार विश्वकर्मा, सन्तोषकुमार यादव, अप्राजित पौडेल, सोहेल कुँवर, अमर मिश्र रहेका छन् ।
यु–१९ विश्वकप एसिया छनोट अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा हुने तय छ।
नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) ले सहभागिता जनाउने छन्। नेपालले त्यसअघि अफगानिस्तानसँग युथ एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ ।















प्रतिक्रिया