२२ असार २०८३, सोमबार

प्रभु बैंक गण्डकी प्रदेशद्वारा ‘ग्लोबल मनी विक २०२५’को अवसरमा र्‍याली आयोजना

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, ४ चैत । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले बागलुङको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी विक २०२५ को अवसर पारेर आज एक वित्तीय जनचेतनामूलक र्‍यालीको आयोजना गरेको छ ।

‘अनुसरण गर्नुअघि सोचौँ, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौँ । अरूका कुरा सुनौँ तर आधिकारिक कुरा सुनी निर्णय गरौँ,’ भन्ने मूल नाराका साथ आयोजित र्‍यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो ।

र्‍यालीमा सहभागीहरूले वित्तीय साक्षरतासम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए ।

कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी विकको महत्त्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पारेका थिए ।

यस र्‍यालीको मुख्य उद्देश्य युवा पुस्तालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्व बुझाउनु र वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु थियो । बैंकले आगामी दिनहरुमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।