३० जेष्ठ २०८३, शनिबार

ला लिगाको शीर्ष स्थानमा उक्लियो बार्सिलोना

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । यस खेलमा बार्सिलोना २–० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै शानदार जित हासिल गरेको थियो ।

बार्सिलोनाको जितमा फेरान टोरेजले २ गोल गरेका थिए भने रोबेर्ट लेवानडोस्की र लामिन यमलले एकएक गोल गरेका थिए ।

त्यसअघि एटलेटिको म्याड्रिडका लागि जुलियन अल्भारेज र एलेक्जान्डर सोरलोथले एक एक गोल गरेका थिए । खेलको ७०औं मिनेटसम्म २–० ले अघि रहेको एटलेटिकोले त्यसपछि ४ गोल खाएको थियो ।

यो जितपछि बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको २७ खेलमा ६० अंक भएको छ ।

त्यस्तै, २८ खेल खेलेको रियल म्याड्रिड ६० नै अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी, एटलेटिको म्याड्रिडको २८ खेलमा ५६ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ ।