१० असार २०८३, बुधबार

दिनभरका TOP 15 NEW : मन्त्री क्वार्टर लगायत क्षेत्रमा निषेधाज्ञा, राजस्वले साधारण खर्च धान्न पनि धौ-धौ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । जिल्ला प्रशासन कार्यालय ललितपुरले मन्त्री क्वार्टर लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

आगामी २ महिनासम्म पुल्चोकस्थित यूएन हाउस र पुरानो मन्त्री निवास र भैसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जारी गरेको निषेधाज्ञा सोमबारदेखि लागू हुनेछ । यूएन हाउस र पुरानो मन्त्री क्वार्टरमा पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिमतर्फ राष्ट्रिय कितावखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय सहकारी विकास बोर्डको चौहद्दीभित्रको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

यस्तै भैँसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्रमा पूर्वमा भैँसेपाटीबाट बुङमती जाने सडक, पश्चिमतर्फ सिजी हाउजिङ, उत्तर भैसेपार्टी आवास गेट र दक्षिणतर्फ इटनी जाने ओरालो सीमा कायम गरी उक्त क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको हो । निषेधाज्ञा लगाइएका ठाउँमा पाँच जनाभन्दा बढी भेला भएर अनसन, धर्ना, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने निषेधादेशमा उल्लेख छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–