२४ जेष्ठ २०८३, आइतबार

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । साताको पहिलो कारोबार दिन आइतबार सुन रेकर्ड मूल्यबाट केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । जसअनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको हो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार ५ रुपैयाँले घटेर तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।