१९ असार २०८३, शुक्रबार

एआर रहमानको स्वास्थ्य बिग्रियो, छातीको दुखाई भएपछि अस्पताल भर्ना

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । बलिउडका चर्चित संगीतकार एआर रहमान अस्पताल भर्ना भएका छन् ।

भारतीय मिडियाहरुका अनुसार रहमानलाई आइतबार बिहान चेन्नईस्थित अस्पताल भर्ना गरिएको छ । छातीमा दुखाई महसुसपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार रहमानको ईसीजी र इकोकार्डियोग्रामसहित परीक्षणपछि उनको मुटुमा समस्या देखिएको र एन्जियोग्राम हुनसक्ने उल्लेख छ ।

गत महिना चेन्नईमा कन्सर्टमा एड शीरनसँग प्रस्तुति दिएका रहमान हालै फिल्म चावाको संगीत लन्चमा पनि देखिएका थिए ।

यसअघि रहमानकी पूर्वपत्नी सायरा बानोलाई पनि मेडिकल इमर्जेन्सीका कारण अस्पतालमा भर्ना गरिएको थियो र उनको शल्यक्रिया गर्नुपरेको थियो ।