
काठमाडौं, ३ चैत । तेस्रो सिजनको महिला प्रिमियर लिगको उपाधि मुम्बई इन्डियन्सले जितेको छ ।
मुम्बईको ब्राबोर्न स्टेडियममा खेलिएको फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको महिला टिमलाई ८ रनले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो ।
मुम्बईले दिएको १५० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन मात्र बनाएपछि मुम्बई ८ रनले विजयी भएको हो । यसअघि मुम्बईले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।
आइपिएलको लोकप्रियतापछि भारतीय क्रिकेट बोर्डले सुरु गरेको महिला प्रिमियर लिगको यो तेस्रो सिजन हो । जसमा मुम्बईले २०२३ को पहिलो र यो सिजन गरी दुई उपाधि जितेको छ भने २०२४ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको थियो ।
महिला प्रिमियर लिगमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सका आलावा गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र युपी वारिओर्ज गरी पाँच टिम खेल्ने गर्दछन् ।








प्रतिक्रिया