
काठमाडौं, २ चैत । भारतीय सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ज्यादतीले स्थानीय प्रताडित भएका छन् । एसएसबीको धम्कीका कारण झापाको गौरीगञ्ज-२ पिण्डालघाट गाउँका सन्थालहरू विस्थापित हुने क्रम बढेको हो ।
अघिल्लो वर्ष पनि एसएसबीले धम्की दिएर जबरजस्ती केहीलाई बसाई सर्न बाध्य बनाएको र अहिले पनि धम्की दिइरहेको स्थानीले बताएका छन् ।
२०५५ सालमा कमल खोला पूर्व रहेको दशगजा पिलरहरू २०५५ ताका भारतीय पक्षले नेपाली भूमि मिच्दै कमल पश्चिम रहेको पिण्डालघुटु गाउँको बीचमै सारेका थिए । सीमा पिलर सारेपछि दशगजामा परेको भन्दै सन्थाल समुदायका १९ नेपाली परिवारलाई धम्की दिने गरिएको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया