
काठमाडौं, २ चैत । जारी पीएम कपमा आज दुई खेल हुँदैछन् ।
आज नेपाल मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । जारी प्रतियोगितामा नेपाल पुलिस क्लबले ३ खेलमा तिनै खेल जितेर ६ अंक हासिल गरेको छ भने मधेश प्रदेशले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
त्यस्तै, आज अर्को खेल त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच हुँदैछ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीनै खेलमा जित हासिल गरेर शीर्ष स्थानमा रहेको छ भने कोशी प्रदेशले आफ्ना तीनै खेलमा हार बेहोरेर पुछारमा रहेको छ ।









प्रतिक्रिया