
काठमाडौं, १ चैत । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘शक्तिशाली बनोट, अद्वितीय कार्यक्षमता’को परिकल्पना अनुरूप नयाँ टाटा योद्धा १.५टी नेपाली बजारमा भव्य रूपमा सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा टाटा मोटर्सका सीभीआईबी हेड असिफ शमिमको उपस्थिति रहेको थियो ।
टाटा योद्धा १.५टी कठिन भू–भागमा उत्कृष्ट प्रदर्शन, उच्च भार वहन क्षमता, शक्तिशाली इन्जिन, र कम सञ्चालन खर्चसहित व्यावसायिक प्रयोजनका लागि उपयुक्त पिकअप हो । टाटा मोटर्सको भरपर्दो प्रविधि, उच्च ग्राउन्ड क्लियरेन्स, तथा आरामदायी ड्राइभिङ्ग जस्ता विशेषताहरूले यो गाडीलाई बजारमा छुट्टै पहिचान दिलाएको छ ।
टाटा योद्धा १.५टीका प्रमुख विशेषताहरूः
–उच्चतम भार क्षमताः १५०० किलोग्राम (१.५ टन)
–शक्तिशाली ३एल डीजल इन्जिन–२५० एनएम टर्कसहित
–३० प्रतिशत ग्रेडिएबिलिटी – अप्ठ्यारा बाटाहरू सजिलै पार गर्न सक्षम
–अपडेटेड रग्ड लुक्स – मेटालिक बम्पर र स्टाइलिस ग्रिल
– ४x२ तथा ४x४ विकल्पमा उपलब्ध
नेपालका व्यवसायीहरूको बढ्दो मागलाई ध्यानमा राख्दै टाटा योद्धा १.५टी कृषि, ढुवानी, निर्माण तथा अन्य व्यावसायिक प्रयोजनका लागि उत्कृष्ट विकल्प बन्ने कम्पनीले जनाएको छ ।
कार्यक्रममा बोल्दै टाटा मोटर्सका सीभीआईबी हेड असिफ शमिमले भने, ‘हामी नेपालमा नयाँ योद्धा १.५ टन सार्वजनिक गर्दा खुशी छौँ । यो गाडीले टाटा मोटर्सको नवीनता, टिकाउपन, र ग्राहक सन्तुष्टिको प्रतिबद्धता लाई प्रतिनिधित्व गर्दछ । योद्धा रेञ्ज सधै भरपर्दो र विश्वसनीयताको प्रतीक बनेको छ, र नयाँ योद्धा १.५ टनले यसैको विशेषताहरूलाई पछ्याउदै उन्नत प्रविधि र आधुनिक सुविधाहरू प्रदान गर्दछ । हामीलाई विश्वास छ कि यो गाडीले नेपाली ग्राहकहरूको अपेक्षा पूरा गर्नेछ र उनीहरूको व्यवसायमा उन्नति र सफलता बढाउन मद्दत गर्नेछ ।’

सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठले भने, ‘नेपालमा टाटा पिकअपहरूले निरन्तर बजारमा अग्रस्थान ओगट्दै आएका छन् । योद्धा १.५टीको आगमनले व्यावसायिक ग्राहकहरूलाई अझ बढी फाइदा दिनेछ । हामी ग्राहकहरूको व्यवसाय वृद्धि र सञ्चालन सहज बनाउन आवश्यक सबै सुविधा तथा सहयोग उपलब्ध गराउन प्रतिबद्ध छौँ ।’
यस अवसरमा टाटा योद्धाका पुराना ग्राहकहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो । उनीहरूको अनुभवलाई भिडियोमार्फत प्रस्तुत गर्दै योद्धालेले व्यवसायमा ल्याएको सकारात्मक परिवर्तनबारे जानकारी गराइएको थियो । साथै, नयाँ ग्राहकहरूलाई औपचारिक रूपमा साँचो हस्तान्तरण गरिएको छ । जसले टाटा योद्धा १.५टीलाई आफ्नो व्यवसायिक साझेदारका रूपमा रोजेका छन् । यो भव्य सार्वजनिक कार्यक्रममार्फत टाटा मोटर्सले नेपाली ग्राहकहरूको व्यवसायलाई अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्याएको छ ।









प्रतिक्रिया