३० आश्विन २०८३, शुक्रबार

सिटिजन्स बैंकका ७९ जना कर्मचारीलाई ‘दीर्घसेवा सम्मान’

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीलाई दीर्घसेवा सम्मान गरेको छ। बैंकले चैत १ गतेलाई कर्मचारीको दिनको रूपमा मनाउँदै आएको छ।

१८औँ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गर्न लागेको सुखद उपलक्ष्यमा बैंकले एकमहिने वार्षिक उत्सवसम्बन्धी कार्यक्रमहरू आयोजना गरिरहेको छ। वैशाख ७ गते बैंकको वार्षिक उत्सव हो।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटीपथमा आयोजित एक कार्यक्रमबिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ६१ जना र १५ वर्ष सेवा प्रवाह गरेका १८ जना गरी कुल ७९ जना कर्मचारीलाई प्रमाणपत्रसहित ‘दीर्घसेवा सम्मान’ प्रदान गरेका हुन्। बैंकमा हाल एक हजार आठ सय कर्मचारी कार्यरत छन्।

प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नका लागि कर्मचारीको मिहिनेत, लगनशीलता, प्रतिबद्धता र जिम्मेवारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरको बताउँदै आगामी दिनमा पनि आफ्नोतर्फबाट शतप्रतिशत योगदान दिन आग्रह गरे। सोही समारोहमा बैंकले ०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।