२४ जेष्ठ २०८३, आइतबार

आइजीआई प्रुडेन्सियलद्वारा डा. भगवान कोइरालाको अस्पताललाई ३० लाख सहयोग

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई तीस लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

एक कार्यक्रमका बीच कम्पनीका अध्यक्ष हेमराज ढकालले स्वास्थ्य संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरे । कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य राजेन्द्रसिंह भण्डारी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठको उपस्थिति रहेको थियो ।

कम्पनीबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्नेगरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्‍यउने उद्देश्य लिई स्थापना भएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको गोल्फुटार, बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुनेछ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले यस्तो पुण्य कार्यमा आर्थिक सहयोग गर्न पाउँदा लागेको बताए । साथै, श्रेष्ठले समयमा निर्माण कार्य सम्पन्न गरी अस्पतालबाट बालबालिकाहरुले विशिष्टिकृत स्वास्थ्य सेवा प्राप्त गर्नेछन् भन्दै अध्यक्ष डा. भगवान कोइरालालगायत व्यवस्थापन समूहलाई शुभकामना दिए ।