१ कार्तिक २०८३, शनिबार

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको छ । बिहीबार नेपाल युगाण्डासँग ४० रनले पराजित भएसँगै सिरिजमा चौथो हार बेहोरेको हो ।

युगाण्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा अल आउट हुँदै ५१ रन मात्र बनाएको थियो ।

नेपालका लागि कविता जोशीले १२ र इन्दु बर्माले ११ रन बनाएकी थिइन् । यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाउँदै ९१ रन बनाएको थियो ।

युगाण्डाका लागि रिताह मुसमालीले सर्वाधिक ३८ र एसथर इलोकुले २२ रन बनाएकी थिइन् ।

त्यस्तै, नेपाली बलर रिया श्रेष्ठले २ विकेट लिएकी थिइन् भने इश्वरी विष्ट, पूजा महतो र रुविना क्षेत्रीले एकएक विकेट लिएका थिए ।

यो हारसँगै नेपालको फाइनलको सम्भावना समाप्त भएको छ । नेपालले ५ खेलमा ४ हार र एक जित हासिल गरेको छ । नेपालले यसअघि नामिबियासँग दुवै पटक तथा हङकङ र युगाण्डासँग एकएक खेलमा हार बेहोरेको थियो ।

त्यस्तै, आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो ।

यो खेलपछि अब नेपालले मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।