३० आश्विन २०८३, शुक्रबार

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारणसभा चैत ८ गते

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साधारणसभा डाकेको छ ।

कम्पनीको चैत ८ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले सभामा गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीलाई १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । बोनस शेयर वितरण भएपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

यसैगरी, कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान परिवर्तन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायत प्रस्तावहरु पनि सभामा पेश हुनेछ ।

सभा प्रयोजनका लागि यसले फागुन २६ गते बुक क्लोज गरिसकेको छ । फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा अनमोल बेंक्वेट, शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।