६ असार २०८३, शनिबार

यामाहा रेजेडआर बन्यो एनएसएल सिजन ३को लागि काठमाडौं रेजर्सको टाइटल स्पोन्सर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले नेपाल सुपर लिग (एनएसएल) सिजन ३ का लागि टिम काठमाडौं रेजर्सको टाइटल स्पोन्सरको रूपमा साझेदारी गरेको छ । यामाहा खेलकुद र युवा सहभागितालाई प्रोत्साहित गर्ने ब्रान्डको रूपमा परिचित छ । नेपाली फुटबल संस्कृतिलाई सशक्त बनाउन तथा युवा खेलाडीहरूलाई उर्जा दिन यामाहा निरन्तर प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

एनएसएलको पहिलो सिजनको उपाधि जितेर इतिहास रचेको काठमाडौं रेजर्स लिगको एक सशक्त टोलीका रूपमा स्थापित छ । बलियो टोली र साहसी खेल शैलीका साथ टोली सिजन ३ मा पुनः आफ्नो प्रभाव जमाउन दृढ छ । यस रोमाञ्चक यात्रामा यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले टोलीलाई समर्थन गर्दै सफलताको दिशामा अघि बढ्न प्रेरित गरिरहेको छ ।

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड विशेष गरी स्टाइल, शक्ति र इन्धन–कुशलता खोज्ने राइडरहरूका लागि डिजाइन गरिएको हो । हाइब्रिड पावर असिस्टले सुसज्जित यस स्कूटरले गति बढाउँदा अतिरिक्त बूस्ट प्रदान गर्दछ, जसले रोमाञ्चक र सहज सवारी सुनिश्चित गर्दछ ।

नेपाल सुपर लिग नेपालकै पहिलो फ्रेन्चाइजी–आधारित फुटबल प्रतियोगिता हो, जसमा देशका उत्कृष्ट खेलाडीहरू उच्च स्तरमा प्रतिस्पर्धा गर्छन् । यो लिगले नेपाली फुटबलको स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ । यसले नयाँ प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अवसर प्रदान गर्दै देशभर फुटबलको लोकप्रियता बढाएको छ ।

यामाहाले नेपाली खेलकुदप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता देखाउँदै एनएसएलको पहिलो सिजनदेखि नै काठमाडौं रेजर्सको स्पोन्सर रहँदै आएको छ । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले प्रतिस्पर्धात्मक भावना र उत्कृष्टताको संस्कृतिलाई प्रवर्द्धन गर्न युवा खेलाडी र फुटबलप्रेमीहरूको जोशलाई अझ ऊर्जा दिने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

एमएडब्लू राइड्सअन्तर्गतको यामाहा नेपाल नेपालकै अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो । अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र ग्राहक सन्तुष्टिमा केन्द्रित भएर यामाहाले बजारमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ । यामाहा गुणस्तरीय सेवा र उत्कृष्ट ग्राहक हेरचाहमार्फत प्रत्येक राइडरलाई सुरक्षित र आरामदायी सवारी अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।