२५ जेष्ठ २०८३, सोमबार

पीएम कपमा आज तीन खेल हुँदै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । जारी पीएम कपमा आज तीन खेल हुँदैछ ।

आज एपीएफ र मधेश प्रदेशबीच खेल हुँदैछ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । जारी प्रतियोगितामा एपीएफ र मधेश प्रदेश दुवै आ–आफ्नो पहिलो खेल जितेर विजयी सुरुवात गरेका छन् ।

त्यस्तै, आज अर्को खेल त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच खेल हुँदैछ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने यो खेल बिहान ८ बजेदेखि सुरु हुनेछ । जारी प्रतियोगितामा त्रिभुवन आर्मीले आफ्ना दुवै खेलमा जित हासिल गरेर उत्कृष्ट सुरुवात गरेको छ भने कर्णालीले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

त्यस्तै, आज अर्को खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच हुँदैछ । सिद्धार्थ रंगशालामा हुने यो खेलमा बिहान ९ बजेदेखि सुरु हुनेछ । गण्डकी र लुम्बिनीले अहिलेसम्म खेलेका २/२ खेलमा एक/एक जित र एक/एक खेलमा हार बेहोरेका छन् ।