२४ जेष्ठ २०८३, आइतबार

मुक्तिनाथ विकास बैंकद्धारा वृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । “साक्षर बनौं,सक्षम बनौं” भन्ने मूलमन्त्र लाई आत्मसाथ गर्दै मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फागुन महिनामा सातै प्रदेशहरुको विभिन्न स्थानका जनसमुदाय माझ वृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम विषेशगरी कृषक, उद्यमी, महिला तथा युवा लाई लक्षित गरी आयोजना भएको थियो । यस कार्यक्रम अन्तर्गत व्यवसायिक योजनाको तयारी, बजारीकरणको सम्भावना,बजार व्यवस्थापनका रणनीति, व्यक्तिगत बजेट, पारिवारीक बजेट, आम्दानी खर्चको सन्तुलन, नगद प्रवाह, बचत परिचालन, कर्जा परिचालन, विमा, विप्रेषण, डिजिटल बैंकिङ्ग सेवाहरु, डिजिटल माध्यम बाट हुनसक्ने रकम अपचलन, ग्राहकको अधिकार लगायतका विषय बस्तुहरु समेटिएको थियो ।

वृहत वित्तीय साक्षरता कार्यक्रममा उपस्थित व्यक्तिहरुले यस्ता किसिमका कार्यक्रमले आफुमा भएका द्विविधाहरु हट्ने र भविष्यमा आईपर्ने जोखिमहरुलाई समयमा नै व्यवस्थापन गर्न सहजीकरण हुने विश्वास व्यक्त गरेका छन् । बैंकले आर्थिक सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गदैं यस किसिमका कार्यक्रमहरु विगतमा पनि संचालन गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने र यस किसिमको कार्यक्रमले जनमानसको बैंक वित्तीय संस्था प्रतिको नकारात्मक धारण हट्ने र वास्तविक सुचना जनसमुदाय माझ पुग्ने भएकोले यसको सकारात्मक प्रभावकारिता रहेको बैंकले बताएको छ ।

बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।