२ असार २०८३, मंगलबार

पूर्वराजाको घुमफिरलाई राजा आउने भन्दै भ्रम फैलाउने दुनियाँका पटमुर्ख : सूर्य थापा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । नेकपा (एमाले) का सांसद सूर्य थापाले राजा फर्किने भन्दै भ्रम फैलाउने दुनियाँकै पटमुर्ख रहेका बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वदेशभित्रको पर्यटन र घुमफिरलाई ‘राजा आउने’ भन्दै भ्रमको खेति गर्नेहरु सिंगो दुनियाँका सबैभन्दा पटमुर्ख रहेको बताएका हुन् ।

उनले भने, ‘पूर्वराजाको स्वदेशभित्रको पर्यटन र घुमफिरलाई ‘राजा आउने’ भन्दै भ्रमको खेति गर्नेहरु सिंगो दुनियाँका सबैभन्दा पटमुर्ख रहेको तथ्य म सम्मानित सभासमक्ष अवगत गराउन चाहन्छु,’ ।

थापाले अहिले अवस्था आउनुमा वर्तमान सरकारको दोष रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आरोपको खण्डन पनि गरेका छन् ।

‘नेपाल आज जहाँ छ, त्यसमा गणतन्त्रको १६ वर्ष जिम्मेवार छ कि राजतन्त्रको लुटखसोटको २४० वर्ष ? प्रचण्डको २० महिनाको कुशासन कति जिम्मेवार छ ? कि ८ महिनाअघि बनेको कांग्रेस–एमालेको बलियो सरकार मात्र जिम्मेवार रह्यो ?, उनले भने ।

मुलुकमा भ्रम र भ्रान्तिको कुहिरो सिर्जना गरेर आआफ्नो स्वार्थको रोटी सेक्न चाहनेहरुले ताहुरमाहुर गरेको देख्न सकिने तर जनताको आकांक्षा र जनमत यो हुनै नसक्ने उनले स्पष्ट पारेका छन् ।