
काठमाडौं, २७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले निर्वाचन आयोगविरूद्वको मुद्दा जितेकी छिन् ।
सर्वोच्च अदालतले कार्कीको उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय बदर गरिदिएको हो । न्यायाधीशहरू डा। मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो ।
निर्वाचन आयोगले ०७९ कात्तिक १२ मा नेपाल मेडिकल काउन्सिलको सदस्य रहँदा कार्कीले २०७९ वैशाख ९ देखि मिति २०७९ भदौ २ गतेसम्म भ्रमण भत्तास्वरूप एकलाख ३६ हजार ५०० रुपैयाँ आर्थिक लाभ लिएको पाइएको कारण देखाएर उनको उमेदवारी खारेज गर्ने निर्णय गरेको थियो । कार्कीलाई सार्वजनिक पद धारण गरेको व्यक्ति ठहराउँदै आयोगले प्रतिनिधिसभा सदस्यको उमेदवार अयोग्य रहेको निष्कर्ष निकालेको थियो ।
आयोगको निर्णयविरुद्ध ०७० कात्तिक १४ मा उनी सर्वोच्च पुगेकी थिइन् ।








प्रतिक्रिया