३२ असार २०८३, बिहिबार

गोकर्ण विष्टको प्रश्न- प्रचण्ड ७ महिनाअघि सत्तामा हुँदा रामराज्य थियो कि ?

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २७ फागुन । नेकपा (एमाले) का सचिव एवम् प्रतिनिधिसभा सांसद गोकर्ण विष्टले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका कारण राजावादी सल्बलाएका आरोपको खण्डन गरेका छन् ।

आजको प्रतिनिनिधिसभा बैठकलाई विशेष सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकारका कारण राजावादी सडकमा देखिएका टिप्पणी गरेका थिए ।

विष्टले प्रचण्डलाई सरकार बाहिर जाँदा एक प्रकारको चिडचिडाहट उत्पन्न भएको बताए ।

उनले भने, ‘प्रमुख प्रतिपक्षी दलका नेताले अत्यन्तै अमर्यादित र गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको छ । सर्पले सर्पको खुट्टा देख्छ भनेझैं उहाँलाई पनि त्यस्तै दृश्य देख्ने बानी परेको हो कि ? विगतमा आफूले विचौलियाहरुसँगै रातदिन उठबस गरेकाले, नजिकबाट संगत गरेकाले, मर्म बुझेकाले उहाँलाई त्यस्तै लागेको हुनसक्छ, विचौलियाको संगतले उहाँ हरुलाई पनि आफूजस्तै देख्न लाग्नुभएको हो कि ? उहाँ ७ महिनाअघि सत्तामा हुँदा रामराज्य थियो कि,अहिले रावण राज्य आयो कि रु पूर्व राजाको जुन प्रकारको हौसला देखिएको छ,कतै उहाँका यस्तै गैरजिम्मेवार अभिव्यक्ति कारक त होइनन् ?’ ।

सत्ताबाट निस्केको ६/७ महिनामै देश बिग्रेको दोष अरुलाई दिएर उम्किन नमिल्ने उनको भनाइ छ ।