
काठमाडौं, २७ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको विश्वसनियता सकिएकै कारण राजतन्त्रवादी हौसिएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै आएर राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेको भन्दै यो सरकारको कमजोरीले गर्दा भएको बताएका हुन् ।
उनले भने, ‘सरकारको विश्वसनियता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन् । वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै आएका छन् र सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन् ।राजावादीहरुको यो चहलपहलका पछाडी संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देश भित्र र बाहिरका चलखेल पनि मिसिएका छन् ।’
यसको साथै, उनले जनताको बलिदान र लामो संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउने कोशिस भएको भन्दै अब एकातिर सरकारका गलत क्रियाकलापकाविरुद्ध र अर्का तिर प्रतिगामी चलखेलकाविरुद्ध एकैसाथ जुध्नु पर्ने अवस्था सिर्जना भएको पनि बताए ।









प्रतिक्रिया