१२ असार २०८३, शुक्रबार

एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईविरूद्व अदालतमा मुद्दा दायर भएको छ ।

एन्फाका पूर्वअध्यक्ष गणेश थापाले महासचिव राईविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । राईविरूद्व बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दायर भएको हो ।

राईले थापा एन्फाको अध्यक्ष हुँदा १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको आरोप लगाएपछि थापाले मुद्दा दायर गरेका हुन् ।