
काठमाडौं, २७ फागुन । मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिजअन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा आइपुगेको छ । चौधरी समूहअन्तर्गतको सिजी टेलिकमले नेपाली बजारमा नथिङ नथिङ फोन थ्रि ए सेरिज लन्च गरेको हो ।
विश्व बजारमा हट केक सावित भएको नथिङ फोन थ्रि ए सेरिजले नेपाली बजारमा पनि उपभोक्ताको अत्याधिक राम्रो आकर्षण प्राप्त गर्न सफल भएको छ । गएको मार्च ५ तारिकदेखि प्रिबुकिङ सुरु गरिएको नथिङ फोन थ्रि ए को प्रिबुकिङ दोस्रो दिन नै बन्द गरिएको थियो । लिमिटेड स्टकमा दिएको एक्साइटिङ प्रिबुकिङ अफरमा उपभोक्ताको अत्याधिक आकर्षण भएकैले तोकिएको अवधि नसकिँदै प्रिबुकिङ अफर रोक्नु परेको सिजी मोबाइलका महाप्रबन्धक विनय जोशीले बताएका छन् ।
नथिङ टेक इन्थ्युजियास्टहरुको सर्वाधिक प्रिय स्मार्टफोन ब्राण्ड हो । स्मार्ट फोन डिजाइन निक्कै बोरिङ् भए यसलाई नयाँ डिजाईन ल्याङ्ग्वेजमा नयाँ तरिकाले रिडिजाइन गरिन आवश्यक छ भन्दै नथिङका संस्थापक कार्ल पेईले आफ्नो पहिलो स्मार्टफोन फोन वानलाई प्रिमियम लुक्स र डिजाईनमा विश्व बजारमा सन् २०२२ मा उतारेका थिए । जसको आम उपभोक्ताले खुलेर प्रसंसा गरे र नथिङ विश्व बजारमा इन्नोभेटिभ स्मार्टफोनको रुपमा सहजै स्थापित भयो ।
‘ट्रान्सप्यारेन्ट ब्याक डिजाइन र ग्लिफ लाइटिङ भएको फोनको रुपमा नथिङ टाढैबाट सहजै चिनिने स्मार्टफोन हो ।’ माहाप्रबन्धक विनय जोशी भन्छन्, ‘जसलाई नथिङले आफ्नो नयाँ सेरिज फोन थ्रि मा निरन्तर कायम राखेको छ । आफ्नो अधिल्लो सेरिजको डिजाइन ल्याङ्ग्वेजलाई पछ्याउँदै नथिङ्ले नयाँ सेरिज फोन थ्रि मा थप परिमार्जन र डिजाइन अझ परिस्कृत तुल्याएको छ ।’
हालै नेपाली बजारमा उपलब्ध भएको नथिङ फोन थ्रि ए डिजाइन थप प्रिमियम देखिएको छ । फोनको पछिल्लो भागमा थपिएको एउटा क्यामेराले फोनको डिजाइनलाई अझ उत्कृष्ठ देखाएको छ भने अधिल्लो सेरिजमा प्रयोग गरिएको ट्रान्सप्यारेन्ट प्लास्टिक ब्याक प्यानललाई ग्लास ब्याक प्यानलले प्रतिस्थापन गर्दा फोन अझ बढी प्रिमियम र क्लासी फिल भएको हो ।

५००० मिलिएम्पीयरको ब्याट्री र ५० वाटको वायरलेस चार्जिङ को कम्विनेसन भएको नथिङ फोन थ्रि ए मा १२० हर्ज रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले प्रदान गरिएको छ । चारै तिर समान र निक्कै कम बेजल भएको यो डिस्प्लेले बजारमा प्रचलनमा रहेका कुनै पनि फ्ल्यागसिप स्मार्टफोनको डिस्प्लेसँग सजिलै प्रतिस्पर्धा गर्न सक्षम रहेको छ । ३२ मेगापिक्सेलको सेल्फि क्यामेरा, ५० मेगापिक्सेलको मेन क्यामेरा, ५० मेगापिक्सेलकै टेलिफोटो क्यामेरा र ८ मेगापिक्सेलको अल्ट्रावाईड क्यामेरा भएको नथिङ फोन थ्रि ए ले खिच्ने फोटो निक्कै क्रिप्स, क्लियर र नेचुरल हुन्छ । फोर के भिडियो खिच्न सक्ने नथिङ फोन थ्रि ए मा दिइएको अप्टिकल इमेज स्टेबलाईजरका कारण खिचिएको भिडियो प्रोफेसनल क्वालिटी रहेको कम्पनीले जनाएको छ ।
एण्डरोईड १५ अपरेटिङ सिस्टममा आउने नथिङ फोन थ्रि ए मा नथिङले थप तिन जेनेरेसनको ओएस अपग्रेडेसनको बाचा गरेको छ । ४ न्यानोमिटरको निक्कै पावरफुल र अप्टिमाईज्ड गरिएको स्न्यापड्रागन जेन ७ एस प्रोसेसर प्रयोग गरेको नथिङ फोन थ्रि ए ८ जिवि र्याम र १२८ जिवि स्टोरेज वा १२ जिवि र्याम र २५६ जिवि स्टोरेज अप्सनमा नेपाली बजारमा उपलब्ध गराइएको हो ।

फ्ल्यागसिप ग्रेडको परफरमेन्स र फिचर भएको नथिङ फोन थ्रि ए मूल्यमा भने मिडरेन्ज सेग्मेन्टमा पर्छन् । त्यसैले किफायती मूल्यमा प्रिमियम स्मार्टफोन चाहने टेक स्याभी यूवा उपभोक्ताको पहिलो रोजाईमा सधै नथिङ पर्दै आएको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा नथिङ फोन थ्रि ए ब्लु, ब्ल्याक र ह्वाईट गरी तीन कलर अप्सनमा उपलब्ध रहेका छन् भने यसको सुरुवाती भेरियन्टको मूल्य ४८ हजार नौ सय उनान्सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया