
काठमाडौं, २७ फागुन । जारी पीएम कपमा आज दुई खेल हुँदैछन् ।
आज कोशी प्रदेश र मधेश प्रदेशबीच खेल हुँदैछ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । कोशी प्रदेशले पहिलो खेलमा हार बेहोरेको छ भने मधेश प्रदेशको भने यो पहिलो खेल हो ।
त्यस्तै, आज अर्को खेल गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुँदैछ । देउखुरी क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । अहिलेसम्म कर्णालीले पहिलो खेलमा जित हासिल गरेको छ भने गण्डकीले पहिलो खेलमा हार बेहोरेको छ ।








प्रतिक्रिया