
काठमाडौं, २६ फागुन । युगान्डामा जारी वुमन्स डे टी–२० कपमा नेपाल हङकङसँग पराजित भएको छ। हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ९८ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि कप्तान इन्दु बर्माले ३३ बलमा २ चौकाको मद्दतमा ३२ रन बनाएर रनआउट हुँदा टोलीले हार भोग्न पर्यो। पूजा महतोले २८ बलमा २ चौका प्रहार गर्दै १९ रन बनाएर क्याचआउट भइन्।
ओपनर साना प्रवीन २६ बल खेल्दा १० रन र सम्झना कुमारी खड्काले २ बलमा १ रन जोडेर आउट भइन्। बिन्दु रावलले १७ बलमा १४ रनको योगदान गरिन्।
कविता जोशी र रुविना क्षेत्रीले कुनै बलका सामना गर्न नपाउँदै रनआउट हुन पुगे। कप्तान बर्मासँग तालमेल नमिल्दा दुवै आउट भए। इन्दु पनि त्यसैगरी रनआउट भइन्।
रोमा थापाले १२ बलमा १३ र इश्वरी बिष्टले २ बलमा २ रन जोड्दै नटआउट रहे। हङकङकी मारिको हिलले २ तथा सिउ मे वाइ र चाङ का इङले समान एक विकेट लिए।त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १०० रन बनाएको थियो।








प्रतिक्रिया