
काठमाडौं, २६ फागुन । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले जनकपुरधाममा तीन नयाँ गाडीहरु लन्च गरेको छ ।
सोमबार जनकपुरधामस्थित गिरिजा अटोमोवाइलमा नेपालमा हालै लन्च भएको बहुप्रतीक्षित गाडीहरु कर्भ इभि, नेक्सन के ३ र टाटा सफारी लन्च गरिएको हो ।
लन्च कार्यक्रममा सिप्रदी ट्रेडिंगको प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीले जनकपुरधाममा टाटाका नयाँ गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताए ।
अब ग्राहकहरुले टाटाको इभीहरु २७लाख देखि ५६ लाखसम्ममा रोज्न पाउने बताउँदै उनले इन्ट्री लेभल गाडी खोजिरहेका ग्राहकले टियागो इभी रोज्न सक्ने धारणा राखे । अनुकुल बजेटमा एसयुभीको आनन्द खोज्ने ग्राहकले पन्च इभी रोज्न सक्ने तर अलि धेरै र टाढा यात्रा गर्ने ग्राहकले नेक्सन के ३ इभी रोज्न सक्ने उनको भनाई थियो ।
प्रिमियम एसयूभीमा लामो दुरी भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउन चाहने ग्राहकहरुकालागि आज लन्च भएको कर्भ इभी टप भेरिएन्ट उपयूक्त हुने साथै भारतमा टाटा कम्पनिले राखेको चार्जिङ्ग सुविधाहरुको फाइदा उठाउन सक्ने उनले जानकारी गराए ।
कार्यक्रममा गिरिजा अटोमोवाइल्स्का संचालक गुड्डु जैनले जनकपुरमा टाटा इभीको बढी रेञ्ज भएको गाडीको अभाव देखिएको समयमा कर्भ इभि र नेक्सन के ३ इभीले त्यो आवश्यकता पूर्ती गरेको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान र मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । टाटाका नयाँ गाडीहरुको रिजनल लन्च अब वीरगंजमा हुन लागेको छ ।









प्रतिक्रिया