
काठमाडौं, २६ फागुन । एनएमबि बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार २०८२ साल वैशाख १० गतेदेखि लागु हुनेगरी बैंकमा हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका गोविन्द घिमिरे प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । उनी ४ वर्ष अवधिका लागि नियुक्त भएका हुन् ।
यसैगरी, हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुदेश उपाध्यायलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक ‘बैंक अफदिइयर एसिया २०२१’को उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।








प्रतिक्रिया