
काठमाडौं, २६ फागुन । स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिडले रायो भल्लेकानोमाथि जित हासिल गरेको छ ।
गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले रायो भल्लेकानोलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र भिनिसियस जुनियरले एक एक गोल गरेका हुन् ।
त्यस्तै, रायो भल्लेकानोका लागि पेड्रो डियाजले एक गोल गरेका थिए ।
यो जितपछि रियल म्याड्रिड ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ । रियल म्याड्रिडको २७ खेलमा ५७ अंक भएको छ । एक खेल कम खेलेको बार्सिलोनासँग समान अंक रहेपनि रियल म्याड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै, रायो भल्लेकानोको यो हारपछि २७ खेलमा ३६ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।








प्रतिक्रिया