१६ असार २०८३, मंगलबार

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । भारतले आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार राति दुबईमा सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारतले च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो ।

न्युजिल्यान्डले दिएको २५२ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाएका थिए भने श्रेयस अय्यरले ४८, केएल राहुलले अविजित ३४, शुभमन गिलले ३१, अक्सर पटेलले २९ र हार्दिक पाण्डेयले १८ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाउँदै २५१ रन बनाएको थियो । न्युजिल्यान्डका लागि डार्यल मिचेलले सर्वाधिक ६३ रन बनाए भने माइकल ब्रासवेलले अविजित ५३ रन बनाएका थिए ।

त्यस्तै, रचिन रविन्द्रले ३७, ग्लेन फिलिपले ३४, विल योंगले १५, टम लाथमले १४ रन बनाएका थिए ।

त्यसैगरी, भारतीय बलरवरुण चक्रवर्ती र कुलदीप यादवले २–२ विकेट लिए भने मोहमद शामी र रविन्द्र जडेजाले एक–एक विकेट लिएका थिए ।

योसहित भारतले तेस्रो पटक आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । भारतले यसअघि २००२ र २०१३ मा च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । यसअघि सन् २००० च्याम्पियन्स ट्रफी जितेको न्युजिल्यान्ड भने दोस्रो पटक उपविजेता बनेको छ ।